काठमाडौँ– दक्षिण अफ्रिकाका विस्फोटक ब्याट्समेन एबी डी विलियर्सले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनको यो निर्णयले क्रिकेट जगतका सबैलाई आश्चर्यचकित पारेको छ ।


ADVERTISEMENT


दक्षिण अफ्रिकी टिमको लागि एकदिवशीय क्रिकेटका कप्तान पनि भइसकेका विलियर्सले सबै खालका अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेको अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले जनाएको छ । अन्तराष्ट्रिय क्रिकेटमा आफ्नो नाममा विभिन्न कीर्तिमान बनाएका उनी दक्षिण अफ्रिकी क्रिकेटका एक हस्ती मानिन्छन् ।


ADVERTISEMENT

# # #


डे विलियर्स दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो खेलाडी मध्ये एकको रूपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट बाहिर निस्किएका हुन् । जसले दक्षिण अफ्रिकाका लागि ११४ टेस्टहरू, २२८ एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र ७८ टी २० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

‘यो मेरा लागि सही समय हो । मैँले सबै खालका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेको छु । इमान्दार भएर भन्नुपर्दा म अब थाकिसकेँ ।’ १४ वर्षसम्म क्रिकेट खेलाडीका रुपमा विताएका उनले बुधबार रिटायर्डको घोषणा गर्दै भने, ‘यो एकदमै कठिन निर्णय हो । मैँले एकदमै सोचर यो निर्णय गरेको हुँ । म सभ्य क्रिकेट खेलिरहेको बेलामा रिटायर हुन चाहन्छु । भारत र अष्ट्रलियाविरुद्धको उत्कृष्ट सिरिज जितपछि नै यो सन्यास लिने सही समय हो जस्तो लाग्छ ।’ डे विलियर्सले सन् २००४ मा इङल्याण्डविरुद्ध भएको टेस्ट म्याचबाट नै अन्तराष्ट्रिय क्रिकेटको थालनी गरेका थिए ।

एकदिवशीय क्रिकेटमा विश्वका दोस्रो नम्बरका ब्याट्समेन ३४ विर्षीय विलियर्सले यस पटकको आइपीएलमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर बैँगलोरबाट प्रतिनिधित्व गरेका थिए । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो आइपीएल डेब्यु खेलमा विलियर्सलाई बलिङ गर्ने अवसर पाएका थिए ।

उनले विलियर्सलाई ८ बल फलेका थिए । जसमा विलियर्सले ९ रनमात्र जोड्न सकेका थिए ।