काठमाडौँ – ललितपुर महानगरपालिकाको पुल्चोकस्थित दाउरा थकालीमा भीषण आगलागी भएको छ । आगलागी मंगलबार अपराह्न करिब पौने ४ बजेदेखि सुरु भएको हो ।
थकाली रेस्टुरेन्ट रहेको सबैभन्दा माथिल्लो तल्लामा आगलागी भएको हो । केही ग्यास पड्किएको आवाज समेत आएको थियो ।
आगलागी नियन्त्रणका लागि दमकल र सुरक्षा निकाय पुगेका छन् । आगलागीको विस्तृत विवरण आउन बाँकी छ ।


























































