काठमाडौं – नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। मंगलबार प्रतितोला दुई हजार पाँच सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला ११ हजार रूपैयाँ घटेको हो।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १७ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार सुन प्रतितोला तीन लाख २८ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।


ADVERTISEMENT

# # #


यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला ५ हजार आठ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ हजार ५ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ५ हजार १ सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।