काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छिन् ।
आज दिउसो ३ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
भोलि हुने प्रतिनिधिसभा निर्वाचनअघि प्रधानमन्त्री कार्कीले सबै निकायका प्रमुखहरूसँग छलफल गर्न लागेकी हुन् ।
राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधानसेनापति गरी ६ जना हुन्छन् ।


























































