भक्तपुर – भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरसहित विजयी भएका छन् । भखैरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार उनले नेकपा एमालेका सचिव महेश बस्नेतलाई ३१ हजार ३३८ मतान्तरले हराउँदै पहिलो प्रयासमै संसदको यात्रा तय गरेका हुन् ।


ADVERTISEMENT


त्यसक्रममा राजीवले ४२ हजार ३३४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बस्नेतले १० हजार ९९६ मत प्राप्त गरे । यस्तै काँग्रेसका कविर राणाले ८ हजार ४०१ मत ल्याउँदै तेस्रो बने ।


ADVERTISEMENT

# # #


भक्तपुर–२ मा अघिल्लो पटक काँग्रेसका दुर्लभ थापा निर्वाचित भएका थिए । यता महेश बस्नेत भने लगातार दोस्रो पटक पराजित भएका छन् ।

आजै भत्तपुर–१ मा पनि रास्वपाकै रुकेश रञ्जित निर्वाचित भएका थिए ।