एजेन्सी–अमिताभ बच्चन चाँडै नै टिभीमा ‘कौन बनेगा करोडपती’ बाट फिर्ता हुँदैछन् । अमिताभले उक्त कार्यक्रमको १० औं संस्करण होस्ट गर्नेछन् । स्रोतका अनुसार अमिताभले उक्त कार्यक्रमका लागि आफ्नो पारिश्रमिक बढाएका छन् ।


ADVERTISEMENT


उनले च्यानलसँग २ सय करोडको डिल साइन गरेका थिए । पछिल्लो सिजनमा कूल ७५ एपिसोड थियो । यससँगै उनको प्रति एपिसोडको पारिश्रमिक २.६ करोड भारु थियो । यसपटक उनले हरेक एपिसोडको तीन करोड भारु लिनेछन् । १० औं संस्करणमा कति एपिसोड हुनेछ भन्ने बारे स्पष्ट छैन । रिपोर्टका अनुसार सन् २०१८ को अगस्टदेखि केबीसी–१० अनएयर हुने बताइएको छ ।


ADVERTISEMENT

# # #