काठमाडौं –बलिउड कलाकार राजपाल यादव सुटुक्क नेपाल आएर फर्किएका छन् । उनी ५ दिने नेपाल बसाइ सकेर फर्किएका हुन् ।


ADVERTISEMENT


फिल्म ‘करोडपति’को दोस्रो चरणको छायांकनका लागि उनी नेपाल आएका थिए । उनी आएको मिडियाले थाहा पाउन सकेन । चलचित्र निर्माण युनिटले पनि उनको आगमन गोप्य राखेको छ ।


ADVERTISEMENT

# # #


फिल्मको एक गीत छायाँकनका लागि उनी काठमाडौ आएका थिए । भक्तपुर दरवार स्क्वायरमा छायाँकन गरिएको गीतमा राजपालले नेपाली अभिनेता आर्यन अधिकारीसँग नृत्य गरेको बताइएको छ ।

दौरा–सुरुवालमा ठाँटिएको दुबैले तस्बिर फेसबुक र इन्स्टाग्रामबाट शेयर गरेपछि उनी नेपाल आएको रहस्य खुलेको हो । फिल्ममा राजपालले नेपालकै गाउँले परिवेशको भूमिका निर्वाह गरेको बताइएको छ ।

‘करोडपति’लाई अधिकारी ब्रदर्स पिक्चर्स र कृतन मुभिजले संयुक्त रुपमा प्रस्तुत गर्न लागेको हो । यस फिल्ममा अभिनेत्री नीता ढुङ्गाना पनि मुख्य भुमिकामा छिन् ।

पैसाको विषयमा केन्द्रित यो फिल्म हिन्दी भाषामा पनि डब गर्ने केही पहिले निर्माण टिमले जानकारी दिएका थिए । राजपाल यस अगाडी पनि यसै चलचित्रको सुटिङका लागि नेपाल आएका थिए ।