काठमाडौँ – निर्वाचन सम्पन्न भएसँगै सरकार संसदको बैठकको तयारीमा जुटेको छ । निर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको केही दिनभित्रै संसद बैठक बोलाउने गरी सरकार तयारीमा लागेको हो ।
निर्वाचित सांसदको बैठक बोलाउन संसदीय मामिला मन्त्रालयले न्यूनतम् आवश्यकता पूरा गर्ने मन्त्री सिन्हाले बताए । सिंहदरबारभित्र निर्माणाधिन नयाँ संसद् भवनमै संसद्को पहिलो बैठक बोलाउने गरी तयारी भइरहेको पनि मन्त्री सिन्हाले जानकारी दिए । भोलिदेखि नै संसद्को अधिवेशन तयारीका लागि थप काम गरिने जानकारी पनि उनले बताए ।
समीक्षा बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशम्शेर राणा, आयोगका सचिव कृष्णबहादुर राउत, सुरक्षा निकायका प्रमुखलगायत उच्च अधिकारीहरुको सहभागिता थियो ।


























































