काठमाडौँ – आइसिसी ट्वान्टी २० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा भारतले न्यूजिल्याण्डविरुद्ध शानदार ब्याटिङ सुरुवात गरेको छ ।


ADVERTISEMENT


भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरिरहेको भारतले यो समाचार तयार पर्दासम्म ९ ओभरमा १ विकेट गुमाएर १२७ रन बनाएको छ । ओपनर अभिषेक शर्मा २१ बलमा अर्धशतक बनाएर आउट भएका छन् र यस्तै सन्जु सामसनले २९ बलमा ४८ बनाएका छन् ।


ADVERTISEMENT

# # #


उनलाई इशान किसनले ९ बलमा १९ रन बनाएर साथ दिइरहेका छन् ।

भारतको प्लेइङ–११ मा अभिषेक शर्मा, सञ्जु सैमसन, इशान किशन, सूर्यकुमार यादव, तिलक बर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, अर्शदीप सिंह, वरुण चक्रवर्ती र जसप्रित बुमराह रहेका छन् ।

न्यूजिल्याण्ड टोलीको विकेटकिपर टिम सेइफर्ट रहेका छन् । न्यूजिल्याण्डको प्लेइङ–११ मा फिन एलेन, टिम सेइफर्ट, रचिन रवीन्द्र, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, ड्यारिल मिचेल, मिचेल स्यान्टनर, जेम्स निशाम, म्याट हेनरी, लोकी फग्र्युसन र जेकब डफी रहेका छन् ।

भारतले सेमिफाइनलमा दुई पटकको विश्वकप विजेता इङ्ग्ल्यान्डलाई पराजित गरेको थियो भने यता न्यूजिल्यान्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेको हो ।