राहुल गुप्ता, बारा – पूर्वआईजीपी सर्वेन्द्र खनाल प्रति युवाहरूले सम्मान र समर्थन व्यक्त गरेका छन्।


ADVERTISEMENT


विशेषगरी जेन–जेड पुस्ताका युवाहरूले खनालको साहसिक कदमलाई केवल राजनीतिक निर्णय मात्र नभई आशा र प्रेरणाको प्रतीकका रूपमा लिएको बताएका छन्।


ADVERTISEMENT

# # #


युवाहरूका अनुसार सत्यका लागि डटेर उभिने, अन्यायका विरुद्ध निडर भएर आवाज उठाउने र भीडको पछि होइन सत्य र न्यायको बाटोमा हिँड्ने सन्देश खनालले दिएको प्रेरणादायी उदाहरण हो। उनका साहस, इमानदारी र अटल निष्ठाले नयाँ पुस्तालाई सकारात्मक सन्देश दिएको उनीहरूको भनाइ छ।

युवाहरूले खनालजस्तो दृढ र स्वाभिमानी नेतृत्व पाउनु गर्वको विषय भएको उल्लेख गर्दै उनको मार्गदर्शनले आफूहरूलाई अझ सचेत, जिम्मेवार र देशप्रति समर्पित बन्न प्रेरित गरिरहेको बताएका छन्।

साथै युवाहरूले आगामी दिनहरूमा पनि खनालको साथमा रहने प्रतिबद्धता जनाउँदै उनको योगदानप्रति सम्मान, कृतज्ञता र शुभकामना व्यक्त गरेका छन्।