काठमाडौँ – इलाम–१ बाट प्रतिनिधिसभा सदीय निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार निश्कल राई निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार राईले श्रम संस्कृतिका उम्मेदवार विनोद नेम्वाङ्ग लिम्बुलाई झिनो मतान्तरले पराजित गर्दै संघीय संसदको यात्रा तय गरेका हुन् ।


ADVERTISEMENT


त्यसक्रममा राईले १४ हजार ५४३ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी लिम्बुले १३ हजार ६३२ मत ल्याए । राई लिम्बु भन्दा ९११ मत बढी ल्याउँदै निर्वाचित भएका हुन् । यी दुई उम्मेदवारबीच सुरुवात देखि नै कडा टक्कर देखिँदै आएको थियो । अन्ततः राईले आफ्नो पक्षमा नतिजा पारेका हुन् ।


ADVERTISEMENT

# # #


यता नेकपा एमालेका काजीमान कागतेले ११ हजार ९६६ मत ल्याउँदै तेस्रो भए भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विमल गदाल ९ हजार १६० मत ल्याउँदै चौथो स्थानमा सीमित रहे ।

यो अन्तिम जितसँगै नेपाली काँगेसले देशभर कूल १६५ मध्ये १८ स्थानमा मात्रै चित्त बुझाउनु परेको छ ।