काठमाडौँ – जेनेरेसन जेड अर्थात् जेन–जी युवालाई निकै स्मार्ट पुस्ता मानिन्छ । सन् १९९७ को सुरुवातदेखि जन्मिएको यो पुस्ता सूचना प्रविधिमा पनि उत्तकै पोख्त छ र उनीहरुको आयस्रोत पनि सूचना प्रविधिसँगै जोडिएको छ ।


ADVERTISEMENT


फ्रिल्यान्सिङ, डिजिटल केन्टेन्ट क्रिएशन, नवप्रवर्तन र आईटी क्षेत्रमार्फत उनीहरुले आफ्नो आम्दानी बढाइरहेका छन् । डिजिटल फर्स्ट रणनीति अपनाउँदै आएको सिटिजन्स बैँकले डिजिटल प्रणालीमा अब्बल यही पस्तालाई मध्यनजर गर्दै ‘सिटिजन्स जेनजी बचत खाता’ सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT

# # #


जेन–जी पुस्तामा बचतको बानी बसाल्ने, वित्तीय साक्षरता र इंगेज्मेन्ट बढाउने उद्देश्यले बैँकले यो खाता सञ्चालनमा ल्याएको हो ।

के हो ‘सिटिजन्स जेनजी बचत खाता’ ?

बैँकले ‘सिटिजन्स जेनजी बचत खाता’ सन् १९९६ डिसेम्बर ३१ यता जन्मिएका कुनै पनि व्यक्तिलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको हो । यद्दपि खाता खोल्नेका लागि १८ वर्ष उमेर भने पूरा भएको हुनुपर्ने छ ।

यस्तै खाता खोल्नका लागि नेपाल सरकारले जारी गरेको कुनै आधिकारिक परिचयपत्र (सामान्यतः नागरिकता र राष्ट्रिय परिचय पत्र) चाहिन्छ । तर, नाबालकको लागि भने यो खाता खोल्न नपाइने बैँकले जनाएको छ ।

यस खाताले युवाहरुलाई बैँकिङ आवश्यकताहरुको सम्बोधन गर्न तथा उनीहरुलाई नवीन बैंकिङ सुविधानमार्फत वित्तीय प्रणालीमा आवद्ध गर्ने भूमिका खेल्ने बैँकका भनाई छ ।

यस्ता छन् प्रमुख विशेषता ?

युवा पुस्तालाई लक्षित गर्दै ल्याइएको यो खातामा थुप्रै लाभदायक विशेषता रहेका छन् । यो खाता १०० रुपैयाँमै खोल्न सकिन्छ भने वार्षिक ३.० प्रतिशत ब्याजदर समेत पाइन्छ ।

यस्तै खातामा खोलेपछि निःशुल्क बैँकिङ सेवाहरु उपलब्ध हुनेछन् । जसअन्तर्गत निःशुल्क चेकबुक, पहिलो एक वर्षका लागि निःशुल्क डिम्याट खाता, निःशुल्क सी–आस्वा रजिस्ट्रेसन र कमिसन, अन्य लाभ र छुटहरु पाइनेछन् ।

छुटमा पाइने विभिन्न सेवाहरु

बैँकलेयो खाता खोल्ने व्यक्तिहरुलाई सहुलियतमा विभिन्न सुविधाहरु समेत उपलब्ध गराउँछ । जस अनुसार एटीएम कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सबै एकै पटक सदस्यता लिँदा प्रतिवर्ष ५०१ रुपैयाँ मात्रै लाग्ने गर्छ । यद्दपि यी सुविधाहरु अलगै लिँदा भने बैँकको नियमित शुल्क नै लाग्नेछ ।

यस्तै निःशुल्क इ–कम कार्ड पाइने छ भने ट्राभल कार्ड जारी शुल्कमा ५० प्रतिशत छुट पाइनेछ । यस्तै सिटिजन्स क्यापिटल लिमिटेडद्वारा प्रणालीगत लगानी योजना समेत उपलब्ध हुनेछ ।

मोबाइल बैंकिङमा व्यक्तिगत डिजिटल अनुभव पाइनेछ । जुन जेन जेड खाताको लागि छुट्टै ड्यासबोर्ड रहेको छ भने क्यास ब्याक र रिवार्डजस्ता सुविधा पनि उपलब्ध हुनेछन् ।

हिलो मोबाइल टप–अपमा २५ प्रतिशत नगद फिर्ता (१०० रुपैयाँ सम्म)। यद्यपि, खाता खोलेको मितिबाट ७ दिन भित्र टप–अप गर्नुपर्ने बैँकले जनाएको छ ।

यस्तै रेफरर र रेफर दुवैले यही खाता खोलेको र कम्तिमा एउटा डिजिटल सेवा (जस्तै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वा कार्ड)को सदस्यता लिएको र कम्तिमा एउटा डिजिटल कारोबार पूरा गरेको भए रेफरल पुरस्कार स्वरुप प्रत्येक व्यक्तिको खाताको लागि २०० रुपैयाँ प्रदान गरिने बैँकले जनाएको छ ।

बैँकका अनुसार यस्तो रेफरल मोबाइल बैंकिङबाट प्राप्त गरिनेछ।

सामाजिक योगदान:

बैँकले यो खाता खोल्दा समाजिक योगदान समेत गर्न सकिने व्यवस्था मिलाएको छ । जसअनुसार बैँकले गत भदौ २३ गते भएको जेन–जी आन्दोलनमा परी ज्यान गुमाएका शहीदहरुको परिवारका लागि सीप विकास तालिम तथा अनुदानका लागि प्रतिखाता बापत २५० रुपैयाँ गरिने योगदान  छ ।

नेपाली वित्तीय क्षेत्रमा आफूलाई अब्बल वाणिज्य बैँकका रुपमा स्थापित गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सन् २०२४ र २०२५ गरी लगातार दुई वर्ष प्रतिष्ठित ‘बैँक अफ द इयर’ प्राप्त गर्न सफल भएको छ । बैँकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ४४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।