काठमाडौँ – नेपालमा फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्ययको निर्वाचनबारे भारतले प्रतिक्रिया दिएको छ । बिहीबार भारतको विदेश मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालको निर्वाचनलाई भारतले स्वागत गरेको बताएका हुन् ।


ADVERTISEMENT


साथै उनले निर्वाचन सम्पन्न भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति र वरिष्ठ नेता बालेन्द्र शाहलाई फोन संवादमार्फत बधाई दिएको समेत स्मरण गरे ।


ADVERTISEMENT

# # #


‘नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएपश्चात हामीले त्यसको स्वागत गरेका छौँ। हाम्रा प्रधानमन्त्रीज्यूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेता श्री बालेन शाहसँग टेलिफोन वार्ता गर्नुभएको छ।’ उनले भने, ‘वहाँले दुवै नेताहरूलाई वहाँहरूको निर्वाचनमा प्राप्त जित र वहाँहरुको पार्टी अर्थात रास्वपाले हासिल गरेको शानदार सफलताका लागि बधाई दिनुभयो।’

साथै प्रधानमन्त्री मोदीले एक घनिष्ठ मित्र र छिमेकीका रूपमा नेपालका जनता र नयाँ सरकारसँग मिलेर काम गर्न तथा साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइ हासिल गर्न भारत सदैव प्रतिबद्ध रहेको कुरा बताएको जैसवालले उल्लेख गरे ।

उनले भारत र नेपालको अद्वितीय र बहुआयामिक साझेदारी र सम्बन्ध छ, र हामी यो गतिशीलता आगामी दिन र वर्षहरूमा निरन्तर बढ्दै जाने र बलियो हुँदै जाने विश्वास समेत व्यक्त गरे ।