काठमाडौँ – नेपाल आयल निगमले उपभोक्ताले पाउने ग्यासको परिणाम घटाएको छ । मध्यपूर्वमा विकसित घटनाक्रममा कारण ग्यासको आपूर्तिमा असहजता बढ्दै भएको र माग धान्न मुस्किल पर्दै गएपछि निगमले अब उपभोक्तालाई आधा सिलिण्डर ग्यास मात्रै दिन अधिकृत विक्रेतालाई निर्देशन दिएको हो ।


ADVERTISEMENT


बिहीबार एक सूचना जारी गर्दै निगमले शुक्रबारदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्मका लागि आधा सिलिण्डर अर्थात् ७.१ केजी ग्यास मात्रै दिन भनेको हो । जसको मूल्य ९५५ रुपैयाँ पर्ने निगमले जनाएको छ ।


ADVERTISEMENT

# # #


निगमको सूचनामा भनिएको छ, ‘हालको परिस्थितिलाई दृष्टिगत गरी एल. पि. ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित वनाई आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागी निगमले मिति २०८२/११/२९ गतेदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ के.जि. एल. पि. ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य (रु. ९५५) मा विक्री वितरण गर्ने निर्णय भएको हुँदा आम उपभोक्ता वर्गले सोही अनुसार एल.पि.ग्यास खरिद गर्न अनुरोध छ ।’

यसअघ आजसम्म पूरा सिलिण्डर अर्थात् १५ केजी ग्यास विक्री गरिन्थ्यो । जसको मूल्य १ हजार ९१० रुपैयाँ पथ्र्यो ।

May be an image of text