काठमाडौं – पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।
कम्पनीको आईपीओमा २४ लाख १३ हजार ५१७ जनाले २ करोड ६३ लाख १० हजार ९७० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये २३ लाख ७६ हजार ७०५ आवेदन सदर भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रियामार्फत सेयर बाँडफाँट गरिएको छ। जसमा ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले सेयर हाल पारेका छन्।
कम्पनीले फागुन १२ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४५ लाख कित्ता सेयर निष्काशन गरेको थियो। आईपीओको नतिजा प्रकाशन भएको केही समयपछि यी वेबसाइटबाट हेर्न सकिने छ ।


























































