काठमाडौँ – नेपाल ओलम्पिक कमिटीले फागुन ३० गते शनिबार काठमाडौंमा एसियन गेम्स फन रन आयोजना गर्ने भएको छ ।


ADVERTISEMENT


ओलम्पिक कमिटीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जापानमा हुने एसियाली खेलकुद (एसियाड) को प्रचार प्रसार र खेल भावनालाई प्रवद्र्धन गर्ने उद्देश्यले एसियन गेम्स फन रन आयोजना गर्न लागेको जनाएको हो ।


ADVERTISEMENT

# # #


सातदोबाटोस्थित ओलम्पिक कमिटीको कार्यालयबाट सुरु हुने एसियन गेम्स फन रन ललितपुरको विभिन्न स्थान हुँदै पाटन डवलीमा पुगेर समापन हुने बताइएको छ ।

पत्रकार सम्मेलनमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एसियाडको सफलताको कामना र नेपाली टोलीको उत्साह बढाउन एसियन गेम्स फन रन आयोजना गर्न लागिएको जानकारी दिए ।

एसियाड सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा आयोजना हुँदैछ । २० औँ एसियाली खेलकुदमा सहभागिताका लागि एनओसीमार्फत् ३२ खेल दर्ता भइसकेको छ ।