काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा पिता मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीका पिताको उपचारका क्रममा ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो । शुक्रबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै बालेनले मृतकप्रति शुभकामना व्यक्ति गर्दै अध्यक्ष ओलीलाई समवेदना दिएका हुन् । साथै उनले पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ भन्ने कुरा आफूलाई राम्रोसँग महसुस भएको बताएका छन् ।
साथै उनले पिताजस्तो रक्षक, गुरु र देवता अरु कोही नभएको उनले बताएका छन् । उनले भनेका छन्, ‘केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ – पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ।’
गत पुसमा मात्रै बालेनका पिताको निधन भएको थियो ।


























































