काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीबाट समानुपातिक सांसद बन्नेहरुको सूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ । सरकार गठन गर्न भने १० दिन जति लाग्ने जानकारी दिए ।


ADVERTISEMENT


आज बिहान केन्द्रीय कार्यालयमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै रास्वपा प्रवक्ता मनिष झाले सो जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीको सचिवालय बैठक बस्दै छ । समानुपातिक सांसदहरूको सूची चयन गर्न आज रास्वपाको सचिवालय बैठक भर्चुअल बस्दै छ ।

 बैठकअघि पत्रकारहरुसँग कुरा गर्दै झाले भने, ‘हाम्रो पहिलो प्राथमिकता समानुपातिक उम्मेदवारहरुको नामावली बुझाउने भएकाले आज हामी त्यो टुंग्याउँछौं ।’