तनहुँ – तनहुँको बन्दिपुर गाउँपालिका–४ स्थित केबुलकार गेट नजिकै पृथ्वी राजमार्ग मा मालबाहक ट्रक दुर्घटनामा परेको छ।
आँबुखैरेनीबाट पोखरा तर्फ जाँदै गरेको ग २ ख १९६३ नम्बरको ट्रक अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी ट्रकमा सवार दुई जना घाइते भएका छन्। उनीहरूको डुम्रे स्थित अस्पतालमा उपचार भइरहेको छ। रासस


























































