काठमाडौं–इन्डियन प्रिमियर लिग (आर्इपीएल) २०१८ मा उच्च प्रदर्शन गर्दै बलर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य समेत रहेका सन्दीपलार्इ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालय बोलाएर स्वागत गरेका छन् ।


ADVERTISEMENT


गृह मन्त्रालयमा भएको भेटघाटमा गृहमन्त्री बादलले सन्दीपलाई स्वागत गर्दै ‘खेलको माध्यमबाट नेपाल र नेपाली जनतालाई विश्वमै चिनाउने काम’ गरेकोमा खुसी व्यक्त गरे ।


ADVERTISEMENT

# # #


मन्त्री बादलले सन्दीपको क्रिकेट कलाको उच्च प्रशंसा गर्दै भने, ‘आर्इपीएलमा सिकेको खेल कौशल अब देशको राष्ट्रिय टिमबाट उपयोग गर्नू ।’ कार्य व्यस्तताका बाबजुद पनि आफ्नो मन्त्रालयमा बोलाएर मन्त्री थापाले एउटा उदियमान खेलाडीलाई हौसला प्रदान गरेका हुन् । सन्दीपलाई नेपाल सरकारले उच्च सम्मान गर्ने समेत गृहमन्त्री बाददले बताएका छन् ।

भेटघाटमा राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा, व्यवस्थापक रमन शिवाकोटी, वाइसिएल महासचिव सुबोधराज सेर्पाली र कोषाध्यक्ष मिंङमा डन्डु शेर्पालगायत सहभागी थिए । १७ वर्षका युवा सन्दीपले दिल्ली डेयरडेभिल्सको टिमबाट आर्इपीएमा अन्तिम ३ खेल खेलेर सनसनिपुर्ण प्रदर्शन गरेका थिए ।

विश्वक्रिकेटका महान् हस्तीहरुलाई समेत रन बनाउन नदिएको दृश्य सानदार थियो । ३ खेलमा कुल १२ ओभर गरेका उनले ८२ रन खर्चिएर ५ विकेट लिएका थिए । उनको प्रदर्शनकै मद्दतमा दिल्लीले अन्तिम तिरका दुई खेल जितेको थियो ।