मलेखु(रासस)–पृथ्वीराजमार्ग क्षेत्रबाट नेपाल प्रहरीले बिहिबार ठूलोमात्रामा अवैध घरेलु मदिरा बरामद गरेको छ ।


ADVERTISEMENT


गजुरी गाउँपालिका वडा नं २ चालिसे क्षेत्रमा प्रहरीले छापा मारेर ठूलोमात्रामा मदिरा बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले बताएका छन् ।


ADVERTISEMENT

# # #


चालिसे क्षेत्रको १३ घरमा लुकाइछिपाइ अवैध मदिरा उत्पादन र बिक्री गर्न ठीक पारिएको अवस्थामा प्रहरीले छापामार्दा उक्त क्षेत्रको १३ घरबाट चार हजार ९०० लिटर मदिरा बनाउने कच्चा सामग्रीसहित २५० लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ । त्यस्तै अवैध घरेलु मदिरा बनाउनका लागि राखिएको ८५ थान प्लास्टिकका ड्रमसमेत बरामद गरिएको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिएका छन् ।

उनले बरामद गरिएको अवैध मदिरा र कच्चापदार्थ स्थानीयको रोहबरमा प्रहरीले नष्ट गरिएको पनि बताए ।