काठमाडौं – प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्धारा “Smart Money Talks” भन्ने मूल नाराका साथ “ग्लोबल मनि विक–२०२६” अन्र्तगत प्रभातफेरी कार्यक्रमको मिति २०८२ चैत्र ०६ गते आयोेजना गरी मनाईएको छ ।


ADVERTISEMENT


उक्त कार्यक्रममा प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्मा सहित बैंकका उच्च पधादीकारी तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।


ADVERTISEMENT

# # #


उक्त –याली बैंकको कमलादी शाखाबाट सुरु भई दरबारमार्ग, कमलपोखरी चोेक हुँदै पुनः कमलादी शाखामा आई समापन भएको थियो । उक्त कार्यक्रममा “Smart Money Talks” को मुल नारा सहितका वित्तीय संदेशमुलक प्ले–कार्ड तथा ब्यानरहरु प्रस्तुत गरिएको थियो ।

बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, ३१० एटीएम साथै ७१ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।