काठमाडौं–गतसाता फ्राइडे रिलिज अन्तर्गत एकमात्र चलचित्र प्रदर्शनमा आए पनि यो साता भने तीन चलचित्र एक अर्कोसँग भिड्ने भएका छन् । ती चलचित्र हुन् ‘सुनकेशरी’, ‘अफिसर’ र ‘कोसेली’ । यी तीन मध्ये चलचित्र ‘सुनकेसरी’ हरर जनरामा बनेको हो, भने ‘अफिसर’ले एक्सन र ‘कोसेली’ले प्रेमकथा उठाएको छ । तीनै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् ।


ADVERTISEMENT


‘सुनकेसरी’
अभिनेत्री ऋचा शर्माले निर्माण गरेको ‘सुनकेसरी’ कलाकार अर्पण थापाले निर्देशन गरेका हुन् । हरर कथावस्तुमा बनाइएको यो चलचित्रमा ऋचाका अलावा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मा लगायतको अभिनय रहेको छ । शर्मिला सापकोटा र धर्मराज अधिकारी सह– निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता मनोज अधिकारी हुन् । हरर विषय समेटिए पनि चलचित्र दर्शकको चाहना अनुसार बनाइएको अभिनेत्री ऋचा शर्माले बताइन् । सुनकेसरी बिहिबार साँझ प्रिमियर समेत गरिएको थियो ।


ADVERTISEMENT

# # #


‘कोसेली’
प्रेम, द्वन्द्व, विछोडलगायतका विषय समेटिएको चलचित्रमा मनोज खत्रीको लेखन तथा निर्देशन रहेको छ । भोले बाबा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा उमादेवी खत्री प्रस्तुतकर्ता छिन् । मनोज खत्री, दिनेश शर्मा, जेएन घिमिरे, रचना लामा, सुरज ढकाल, मञ्जिला बुढाथोकी, तेजा ऐर, उमा भट्टराई, तारा लामा र सन्तोष कार्कीको अभिनय चलचित्रमा देख्न सकिन्छ । अभिषेक पौडेलको सम्पादन, सत्यम राना र सुदिप आचार्यको भीएफएक्स, कृष्ण कोइरालाको प्रोडक्सन, विकास चौधरीको संगीत, देव महर्जनको द्वन्द्व, दिनेश लिम्बुको कोरियोग्राफी र रवि कोइरालाको छायाँकन छ ।

‘अफिसर’
उपेन्द्र तिमिल्सिना निर्देशित ‘अफिसर’ एक्सन र प्रेमकथाको विषयमा निर्माण भएको चलचित्र हो । निरन्जन शर्मा, सपना सिंह र आयुस रिजाल लगायतको अभिनय यसमा रहेको छ । शशी विक्रम थापाको संगीत रहेको चलचित्र शोभा लोहनी, सपना सिंह ठकुरी र अमर कौसलले मिलेर बनाएका हुन् ।