काठमाडौं–दीपिका पादुकोण र रणबीर सिंहको विवाहको मिति तोकिएको छ । रिपोर्टका अनुसार यसै वर्षको नोभेम्बर १९ मा यी दुईको विवाह मुम्बईमा हुनेछ ।


ADVERTISEMENT


स्रोतका अनुसार यो मिति दीपिकाको परिवारले तय गरेको हो । दीपिकाका पारिवारिक ज्योतिषीले ग्रहको अध्ययन गरेपछि नोभेम्बर १९ लाई शुभ दिन मानेका थिए । यसमा रणबीरको परिवार पनि सहमत भएको बताइन्छ ।


ADVERTISEMENT

# # #


साउथ इन्डियन स्टाइलमा हुनेछ विवाहः
दीपिका र रणबीरको विवाह साउथ इन्डियन स्टाइलमा हुने अनुमान गरिएको छ । यसका लागि रणबीर पारम्परिक मुंडु पोशाक लगाउनेछन् भने दीपिकाको वेडिङ ड्रेस चर्चित डिजाइनर सब्यसाची मुखर्जीले डिजाइन गर्न सक्नेछन् । विवाहमा मुम्बईमा हुने भनिएपनि यसबारे अगस्टमा निर्णय हुने बताइएको छ ।