काठमाडौँ- नेकपा एमालेका सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद राष्ट्रलाई एकता गर्ने आधार भएकाले यसमा लगानी गर्न सरकारलाई आग्रह गरेका छन् ।


ADVERTISEMENT


सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलकाक्रममा बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद श्रेष्ठले दक्षिण एसियाली खेलकुद (साग)को आयोजना नेपालले गर्ने भएकाले यसलाई सफल पार्न स्पस्टरुपमै प्राथमिकतामा राख्नुपर्ने बताए । उनले राष्ट्रको गौरव बढाउने खेलाडीहरुलाई आजीवन भत्ताको व्यवस्था गर्न पनि माग गरे ।


ADVERTISEMENT

# # #


सांसद श्रेष्ठले पूर्वाधारको क्षेत्रमा नीति तथा कार्यक्रममा आएको योजनाले खेलकुदलाई राम्रो गर्ने विश्वास व्यक्त गरे । नेपालमा अन्तरास्ट्रिय प्रतियोगिता आयोजना गर्ने वातावारण निर्माण गर्नका लागि पूर्वाधार विकासमा जोड दिनुपर्ने उनको धारणा थियो ।

काठमाडौं क्षेत्र नं ८ बाट प्रतिनिधि सभामा निर्वाचित भएका श्रेष्ठ रास्ट्रिय खेलकुद परिसदका पुर्व सदस्य सचिव समेत हुन् ।