काठमाडौँ– गोरखाको भिमसेन गाउँपालिका–७ का ३५ वर्षीय कुमार रानामगर वैदेशिक रोजगारीका लागि २०७२ फागुनमा संयुक्त अरब इमिरेट्स गए । त्यहाँ गएको एक वर्ष नबित्दै उनी दुर्घटनामा परे ।


ADVERTISEMENT


दुर्घटनाको जिम्मेवारी कम्पनीले लिएपछि रानामगर रिहा भए । कम्पनीले अब कुनै पनि सजाय नहुने भनेपछि उनले ढुक्क भएर डेड वर्षसम्म सोही कम्पनीमा काम गरे । अचानक सोही कम्पनीबाट रानामगरलाई हस्ताक्षर गर्नुपर्ने भन्दै अदालत पठाएको उनकी श्रीमती अम्बिकाले बताइन् । उनी जेल परे।


ADVERTISEMENT

# # #


श्रीमान् जेल परेपछि परिवारको आयस्रोत गुमेको अम्बिकाले पीडा सुनाइन् । “मलाई जसरी पनि जेलबाट निकाल्नु भन्ने खबर पठाउनुभएको छ,” अम्बिकाले भनिन् । उनी अहिले चितवनमा डेरा गरेर बस्दैआएकी छन् ।

आर्थिक अवस्था कमजोर भएपछि उनकी छोरीले पढाइलाई निरन्तरता दिन सकेकी छैनन् । श्रीमती अम्बिका श्रीमान्को रिहाइको लागि चितवनदेखि काठमाडौँसम्म नियमित धाउँदै आएकी छन् ।

विसं २०७३ असारमा मगरले काम गर्ने कम्पनीको गाडीलाई रोकेर राखेकै अवस्थामा त्यहाँकै स्थानीयवासीको मोटरसाइकलले ठक्कर दिएको थियो । शुरुमा मिलापत्र भए पनि दुर्घटना भएको एक वर्षपछि मोटरसाइकल धनीले अदालतमा दुर्घटनाबापतको क्षतिपूर्ति पाउँ भनी निवेदन दिएपछि समस्या भएको हो । घाइते भएका स्थानीयवासीले मगरबाट रु ५० हजार रियाल क्षतिपूर्ति माग गरेका छन् ।

रकम जुटाउनकै लागि अम्बिका अहिले मन्त्रालय तथा विभिन्न ठाउँमा आठ महिनादेखि धाइरहेकी छन् । उक्त रकम नजुटाए रानामगरलाई जन्मकैदको सजाय हुनसक्ने बताइएको छ ।

कन्सुलर सेवा विभागको तथ्यांक अनुसार २०७५ वैशाखसम्म युएईमा १८५, मलेसियामा १७१, कुवेतमा ७० र कतारमा ४५ जना नेपालीले जेल जीवन बिताउँदै आएका छन् । विसं २०७४ मा बहराइनमा ११, ओमानमा दुई, कोरियामा दुई र इजराइलमा दुई गरी कूल पाँच सय ६१ नेपालीले जेल जीवन बिताइरहेका छन् ।

“हामीले गम्भिर प्रकृतिका तथ्यांक मात्र राख्ने गरेका छौँ,” विभागका प्रशासकीय प्रमुख गेहेन्द्र राजभण्डारीले भने ।