एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा जारी द्वन्द्वलाई पूर्ण रूपमा अन्त्य गर्न छलफल भएको बताएका छन्। उनले ‘पूर्ण समाधान’ सम्बन्धी ‘सकारात्मक छलफल’ भएको बताएका छन्।
ट्रम्पले इरानी पावर प्लान्ट र ऊर्जा पूर्वाधारमा हुने कुनै पनि आक्रमण पाँच दिनको लागि स्थगित गर्ने पनि बताएका छन्।
ट्रुथ सोसियलमा एक पोस्टमा उनले लेखेका छन्, ‘मलाई यो रिपोर्ट गर्न पाउँदा खुसी लागेको छ कि संयुक्त राज्य अमेरिका र इरानले मध्यपूर्वमा द्वन्द्वको पूर्ण समाधानको बारेमा विगत दुई दिनमा धेरै राम्रो र सकारात्मक छलफल गरेका छन्।’
‘यी रचनात्मक छलफलहरूको अवधि र वातावरणलाई ध्यानमा राख्दै, जुन हप्ताभरि जारी रहनेछ, मैले युद्ध विभागलाई इरानी पावर प्लान्ट र ऊर्जा पूर्वाधारमा भएका सबै सैन्य आक्रमणहरू पाँच दिनको लागि स्थगित गर्न निर्देशन दिएको छु। यो निर्णय बैठक र छलफलको सफलतामा निर्भर हुनेछ।’
ट्रम्पको वक्तव्यपछि घट्यो तेल र ग्यासको मूल्य
डोनाल्ड ट्रम्पको वक्तव्यपछि शेयर बजारमा सुधार आउन थालेको छ।
उक्त वक्तव्यपछि ब्रेन्ट कच्चा तेलको मूल्य १३ प्रतिशत ले घटेको छ, जुन प्रति ब्यारेल लगभग ९६ अमेरिकी डलरमा स्थिर भएको छ।
लन्डनको एफटीएसई सूचकांक अहिले ०.५ प्रतिशत ले बेको छ, जुन यसअघि २ प्रतिशत भन्दा बढीले घटेको थियो।


























































