काठमाडौं – कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।


ADVERTISEMENT


आज सुनको मूल्य एकै दिन प्रतितोला २ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेको हो ।


ADVERTISEMENT

# # #


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको सुन प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनमा सुनको मूल्य निरन्तर घट्दो क्रममा छ ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ८० रुपैयाँले बढेर आज प्रतितोला ४ हजार ५०५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।