विराटनगर कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरुसंग भर्चुअल माध्यमद्धारा आठ महिनाको कार्य सम्पादनको समिक्षा गर्नुका साथै आवश्यक निर्देशन समेत दिएको छ ।


ADVERTISEMENT


चैत १२ गते भएको समिक्षामा कार्यसम्पादन सम्झौता बमोजिम श्रावण महिना देखि फागुन महिना सम्म प्रहरी कार्यालयहरुद्वारा गरिएका कार्य प्रगति बिवरण सम्बन्धि समिक्षा भएको थियो भने प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट १४ वटै जिल्लाहरुको कार्यसम्पादनको तुलनात्मक प्रस्तुति गरेको थियो ।


ADVERTISEMENT

# # #


समिक्षामा प्रदेश प्रहरी प्रमुख घिमिरेले फरार प्रतिवादी पक्राउ, पेण्डिङ मुद्दा तथा चालु मुद्दाको फछर्यौट कार्यलाई प्रभावकारीरुपमा सम्पादन गरी लक्ष हासिल गर्न निर्देशन दिएको छ ।

कार्य सम्पादन सम्झौतामा उल्लेख भएका बुँदाहरु अनिवार्य कार्यान्वय गर्नु पर्ने, सम्पुर्ण प्रहरी कर्मचारीले बिभागिय आदेश निर्देशनको पुर्णरुपमा पालना गरी कार्यान्वयन गर्नु पर्ने, जिल्लामा परिचालन हुने ग्रामिण तथा लामो गस्तीहरुको प्रभावकारीतामा बिशेष ध्यान दिने, प्रहरीले अनिवार्यरुपमा आम नागरिकको हरेक समस्याहरुमा अग्रणी भुमिका निर्वाह गरी नागरिक सेवामा खटिई समाजमा शान्ति सुरक्षा स्थापित गर्न निर्देशन दिएको छ ।