काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्रीका रुपमा बालेनले शपथ लिएलगत्तै प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।
साथै प्रधानमन्त्रीका रुपमा बालेनको नियुक्तिले जनताले देखाएको विश्वासालाई प्रतिनिधित्व गर्ने बताएका छन् । साथै उनले नयाँ सरकारसँग पारस्पारिक हित र द्विपक्षीय सम्बन्धलाई थप उचाईंमा पुर्याउन सहकार्य गर्न आतुर रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘नेपालको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहज्यूलाई हार्दिक बधाई । यहाँको यस नियुक्तिले नेपाली जनताले यहाँको नेतृत्वप्रति राखेको विश्वासलाई प्रतिबिम्बित गर्दछ। हाम्रा दुई देशका जनताको आपसी हितका लागि भारत-नेपाल मित्रता र सहकार्यलाई अझ उचाइमा पुर्याउन म यहाँसँग मिलेर काम गर्न तत्पर छु।’
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेनलाई नेपालको संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । सोही अनुसार उनले आजै शपथ लिँदै १५ सदस्यीय मन्त्रीमण्डल समेत बनाएका छन् ।


























































