काठमाडौँ – नयाँ सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई प्रदान गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले पोखरेलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।
यसपटक प्रवक्ता तोक्दा समेत नयाँपन देखिएको छ । यसअघि सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई दिने गरिन्थ्यो । तर, यसपटक सञ्चारमन्त्रीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेललाई प्रवक्ता बनाइएको हो ।
गत फागुन २१ गते भएको निर्वाचनमा काठमाडौँ–५ बाट काँग्रेसका महामन्त्री प्रदीप पौडेल, नेकपा एमालेका नेता ईश्वर पोखरेलजस्ता शीर्ष नेतालाई पराजित गर्दै संसदको यात्रा तय गरेको थिए ।
उनी बालेन निकट मानिन्छन् । यसअघि उनले काठमाडौँ महानगरपालिकामा बालेन मेयर हुँदा शिक्षा सल्लाहकारका रुपमा काम गरेका थिए ।


























































