काठमाडौँ – राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सांसद सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको पदभारग्रहण गरेकी छन् ।


ADVERTISEMENT


उनी नेपालको पहिलो वादी समुदायको मन्त्री बनेकी छन् । पदभार ग्रहण गरेसँगै उनी भावुक भइन् । आँखाबाट आँसु पुछ्दै उनले भनिन् “सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेर ।” उनले समाजको जातीय बहिष्करणमा सङ्घर्ष गर्दागर्दै मन्त्री बन्ने अवसर पाउँदा इतिहासमै रुपान्तरण आएको महसुस गरेको बताइन् । उनले भनिन्, “अब जिम्मेवारपूर्ण भएर समाज रुपान्तरणका सक्रिय हुने छु ।”


ADVERTISEMENT

# # #


महिला सशक्तिीकरणमा सामाजिक संस्थामार्फत सेवा गर्दै आएकी नवनियुक्त मन्त्री वादी कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका–१४ स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ–८ मा बसोबास गर्दै आएकी छन् । गरिबी र समाजको विभेदका कारण जीवनका पाइलै पिच्छे पहिचानका लागि सङ्घर्ष गर्दै आएकी उनी रास्वपामा आबद्ध भएकी थिइन् ।

समानुपातिकबाट सांसद भएकी उनले १३ वर्षको उमेरदेखि संस्थाको आर्थिक सहयोगमा पढाइ पूरा गरिन् । स्नातकसम्मको शिक्षा हासिल गरेलगत्तै उनले समाजमा विभेद अन्त्य गर्न र महिला सशक्तिकरणमा सहयोग पुग्ने सामाजिक संस्था सञ्चालन गर्दै आएकी थिइन् । अब भने मन्त्रायको नेतृत्व सम्हाल्दै बृहत्तर रुपमा महिला सीमान्तकृत समुदायको समस्या समाधान गर्न काम गर्ने बताइन् ।