भक्तपुर – पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।


ADVERTISEMENT


सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आएका लेखकलाई आज बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादर खड्काले जानकारी दिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरी काठमाडौँ लगेको छ ।


ADVERTISEMENT

# # #


त्यसैगरी पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न गुण्डुस्थित निवासमा प्रहरीको टोली पुगेको उनले जानकारी दिए ।

भदौ २३–२४ गतेको जेन–जी आन्दोलनसम्बन्त्री घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्माओली र गृहमन्त्री रमेश लेखकलाई समेत फौजदारी अभियोगमा मुद्दा लगाउनुपर्ने सिफारिस गरेको थियो ।

शुक्रबार बालेन्द्र शाह (बालेन)को नेतृत्वमा गठन भएको नयाँ सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही अनुसार लेखक पक्राउ परेका हुन् ।