काठमाडौँ – शुक्रबार बिहान पक्राउ परेका नेकपा एमालेको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्माओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको छ ।


ADVERTISEMENT


काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ओलीलाई भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित भाडाको घरबाट पक्राउ गरेको थियो ।


ADVERTISEMENT

# # #


यस्तै लेखकलाई पनि शुक्रबार बिहानै सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरबाट पक्राउ गदरेको थियो ।

भदौ २३–२४ गतेको जेन–जी आन्दोलनसम्बन्त्री घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्माओली र गृहमन्त्री रमेश लेखकलाई समेत फौजदारी अभियोगमा मुद्दा लगाउनुपर्ने सिफारिस गरेको थियो ।

शुक्रबार बालेन्द्र शाह (बालेन)को नेतृत्वमा गठन भएको नयाँ सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही अनुसार उनीहरु पक्राउ परेका हुन् ।