काठमाडौं –पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई सरकारी वकिलको कार्यालयमा लगिएको छ ।


ADVERTISEMENT


हिजो पक्राउ परेका लेखकलाई थप अनुसन्धानका लागि म्याथ थप अनुमति लिन अदालतमा लगिएको हो । उनलाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै काठमाडौँ जिल्ला अदालत काठमाडौँ पेस गर्न लागिएको हो ।


ADVERTISEMENT

# # #


पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज  काठमाडौँ जिल्ला अदालत उपस्थित गराइँदैछ ।

दुवै जनालाई जरुरी पुर्जी थमाएर उनीहरुलाई पक्राउ गरेको थियो । जरुरी पुर्जी थमाएर पक्राउ गरेको २४ घन्टाभित्र अदालतमा उपस्थित गराउनुपर्छ ।

गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले ओली र लेखकलाई दोषी देखाउँदै तीनदेखि १० वर्षसम्म कैद सजायको सिफारिस गरेको थियो ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले ७६ जनाको ज्यान जानेगरी भएको आन्दोलनको मुख्य दोषी ओली र लेखकलाई ठहर गरेको छ ।

गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ परेका हुन् ।