काठमाडौं – भारतका विदेशमन्त्री एस. जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई तथा शुभकामना दिएका छन्।
सामाजिक सञ्जालमार्फत उनले शुक्रबार परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेका खनाललाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका छन्।
उनले नेपाल–भारतबीचको परम्परागत साझेदारीलाई अझ सुदृढ बनाउन खनालसँग नजिकबाट सहकार्य गर्न आतुर रहेको पनि बताएका छन्। यसका साथै, दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वाससमेत व्यक्त गरेका छन्।
नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध रहेको सन्दर्भमा दुवै देशका विदेशमन्त्रीबीचको सहकार्यलाई महत्वपूर्ण रूपमा हेरिएको छ।


























































