काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठकले काठमाडौं प्रहरी परिसरमा निवेदन दिएकी छिन् ।


ADVERTISEMENT


बस्नेतले आफूमाथि यौन शोषण तथा दुर्व्यवहारको आरोप लगाउदै आएकी पाठक आइतबार प्रहरी परिसरमा निवेदन दिएकी हुन् ।


ADVERTISEMENT

# # #


प्रहरीले भने अदालतमा पुगेको मुद्दाका बिषयमा आदेश आएपछि मात्रै अन्य प्रक्रिया अघि बढ्ने जनाएको छ । आफूमाथि भएको हिंसामा बस्नेतलाई पक्राउ गर्नुपर्ने पाठकको भनाइ छ ।

त्यसै उनले आइतबार नै काठमाडौं सरकारी वकीलको कार्यालय पुगेर छलफल गरेकी थिइन् । पाठकले बस्नेतविरुद्ध दायर गरेको जबरजस्ती करणी मुद्दा सरकारी वकिलको कार्यालयले तामेलीमा राखेको छ ।