काठमाडौँ – सुनसरीको दुहवी नगरपालिका–४ मा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि शिलान्यास भएको छ ।


ADVERTISEMENT


आइतबार काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह र दुहवी नगरपालिकाका मेयर वेद नारायण गच्छदारले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।


ADVERTISEMENT

# # #


भारत सरकारको आर्थिक सहयोग करिब १६.४ करोड नेपाली रुपैयाँमा फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण हुँदैछ । यो उच्च प्रभाव सामुदायिक विकास परियोजना सुनसरीको दुहवी नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ ।

दुहवी नगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिएको विकास सहयोगको प्रशंसा गरे र यो नयाँ संरचनाले दुहवी नगरपालिकामा दिगो फोहोरमैला व्यवस्थापनलाई प्रवद्र्धन गर्न मद्दत पुग्नेमा विश्वास व्यक्त गरे ।

नजिकका छिमेकीको रुपमा भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्ने भारतले विश्वास व्यक्त गरेको छ ।