काठमाडौं – कारोबार हुने साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतबार बजारमा सुन प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबार बजारमा चाँदी प्रतितोला ४ हजार ७२० रुपैयाँमा खरिदबिक्री भएको थियो।


























































