ललितपुर — नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा संसदीय दलको बैठक सुरु भएको छ।
बैठक ललितपुरको जावलाखेलमा सुरु भएको हो । बैठकमा प्रदेश सभा बैठकसम्बन्धी विषय, प्रदेश सरकारले गठन गरेको प्रशासनिक पुनर्संरचना समितिको प्रतिवेदनमाथि छलफल तथा अन्य विविध विषयहरूमा विचार– विमर्श हुने जनाइएको छ।
संसदीय दलका सचिव मीनकृष्ण महर्जनले बैठकलाई आगामी प्रदेश सभा गतिविधि र प्रशासनिक संरचना सुधारका विषयमा महत्वपूर्ण मानिएको जानकारी गराए ।































































