काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले अत्यन्त जरुरी आयोजनाहरुलाई प्राथमिकताका आधारमा अघि बढाउने प्रतिवद्धता जनाएको छ ।


ADVERTISEMENT


मंगलबार सिंहदरबारमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुसंग छलफल गर्दै प्रधानमन्त्री शाहले अत्यन्त जरुरी आयोजनालाई बजेटको सीमाभित्र रहेर प्राथमिकतामा आधारमा अघि बढाउने प्रतिवद्धता जनाएको हो ।


ADVERTISEMENT

# # #


छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रदेशमा अघि बढ्न नसकेका जरुरी योजनाहरुका बारेमा जानकारी लिएको कैलाली–४ बाट निर्वाचित सांसद खेमराज कोइरालाले जानकारी दिए ।

सुदूरपश्चिममा तत्काल आवश्यक २ अर्व ६० करोड आसपासको बजेटलाई बिनियोजन गर्न आफुहरुले आग्रह गरेको र प्रधानमन्त्रीबाट सकारात्मक जवाफ प्राप्त भएको उनले बताए । सांसद कोइरालले बजेटको आकार हेरेर जरुरी योजनाहरुलाई अघि बढाउने समेत प्रतिवद्धता आएको जानकारी दिए ।

प्रधानमन्त्री शाहले यसअघि सोमबार कोशी र कर्णाली प्रदेशबाट निर्वाचित बिभिन्न दलका सांसदहरुसंग छलफल गरेका थिए ।