काठमाडौं – कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १९.७० अंक बढेको छ । अघिल्ला दुई दिनमा ११९ अंक घटेको नेप्से आज बढेसँगै २८५१ अंकमा कायम भएको छ ।


ADVERTISEMENT


आज कारोबार रकम भने सामान्य घटेको छ । अघिल्लो दिन १२ अर्ब ९६ करोडको कारोबार भएकोमा आज ११ अर्ब ११ करोडको भयो । १९५ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो भने ९ को स्थिर रहेको छ ।


ADVERTISEMENT

# # #


उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.९४ प्रतिशतले बढ्यो । त्यस्तै बैंकिङ ०.७६, विकास बैंक ०.९०, फाइनान्स १.१२, होटल तथा पर्यटन १.००, हाइड्रोपावर ०.७५, लगानी ०.५६, जीवन बीमा ०.५२, माइक्रोफाइनान्स ०.५१, निर्जीवन बीमा ०.७६ र व्यापार समूह ०.७४ प्रतिशत बढे । अन्य समूह ०.५५ प्रतिशत घट्यो ।

आज ६ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।

सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै ८.९६ प्रतिशतले घट्यो । त्यसैगरी रिडी पावरको ३.२१ तथा धौलागिरि लघुवित्तको मूल्य २.८० प्रतिशत मूल्य घट्यो ।