काठमाडौँ – जिल्ला अदालत काठमाडौँले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्माओली र नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
बिहीबार न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रको इजलासले थप २ दिन म्याद थपको आदेश गरेको हो ।
गत भदौ २३ र २४ को घटनासम्बन्धी घटनासम्बन्धी अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि ओली र लेखकलाई गत शनिबार पक्राउ गरिएको थियो । गत आइतबार अदालतले ५ दिनको म्याद दिएर उनीहरुमाथि अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
पक्राउ परेका ओली उपचारका लागि शिक्षण अस्पतालमा भर्ना भएका छन् छ भने लेखकलाई प्रहरीको २ नं गण महाराजगन्जमा राखिएको छ ।


























































