काठमाडौँ – सरकारले शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थामा विदा दिने निर्णय गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चैत्र २३ गतेदेखि लागूहुने गरि सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण सातामा दुई दिन विदा दिने निर्णय भएको भन्दै उनले अब सरकारी कार्यालयको समय बिहान ९ देखि साँझ ५ बजेसम्म कायम गरिएको बताए ।

बैठकले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको छ । बैठकले वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने र दीगो र समावेशी वित्त परियोजनाका लागि कुल ९५ मिलियन डलरको सहुलियतपूर्ण ऋण सुविधा समेत स्वीकार गर्ने निर्णय गरेको छ ।