काठमाडौँ – नेपालमा आईसीसी विश्वकप क्रिकेट लिग–२ का दुईवटा सिरिज लगातार हुने भएका छन् । नेपालले समेत प्रतिस्पर्धा गर्ने दुई सिरिजको मंगलबार तालिका सार्वजनिक भएको हो ।


ADVERTISEMENT


सार्वजनिक तालिका अनुसार पहिलो सिरिज नेपाल–युएई–ओमानबीच हुनेछ । जुन २५ अप्रिल (२०८३ बैशाख १२)बाट सुरु हुनेछ । जसको पहिलो खेलमा नेपाल र युएई भिड्नेछन् भने अन्तिम खेल ५ मे (वैशाख २२ गते) नेपाल र ओमानबीच हुनेछ । सिरिजमा तीनै टोलीले एकअर्कासँग २–२ खेल खेल्नेछन् ।


ADVERTISEMENT

# # #


यसअघि फागुन तेस्रो साता तोकिएको यो सिरिज मध्यपूर्वमा विकसित तनावका कारण स्थगित भएको थियो ।

यस्तै दोस्रो सिरज नेपाल–स्कटल्याण्ड–अमेरिकाबीच हुनेछ । उक्त १२ मे (२०८३ वैशाख २९)बाट सुरु हुने उक्त सिरिजको पहिलो खेलमा नेपाल र स्कटल्याण्ड भिड्नेछन् । उक्त सिरिजको अन्तिम खेल २२ मे (२०८३ जेठ ८ गते) नेपाल र अमेरिकाबीच हुनेछ ।

सबै खेलहरु काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछन् ।

यस्तो छ तालिका:

लिग-२ मा कस्तो छ नेपालको अवस्था ?

कूल ८ राष्ट्र सम्मिलित लि–२ को अन्त्यतिर आइपुग्दा नेपालको प्रदर्शन निराशाजनक रहेको छ । नेपालले हालसम्म २० खेल खेल्दा १३ खेलमा हार व्यहोरेको छ । यस्तै ५ मा जित र २ मा अनिर्णितसहित १२ अंकका साथ छैटौँ स्थानमा रहेको छ ।

अब नेपालले १६ खेल लेख्न बाँकी छ । शीर्ष ३ भित्र परेर विश्वकप छनोटमा पुग्न करिब असम्भव जस्तै भएकाले एकदिवसीय मान्यता जोगाउन नेपालको ध्यान हुनेछ । त्यसका लागि पनि नेपालले घरेलू मैदानमा हुने यी २ सिरिज महत्वपूर्ण हुनेछन् ।

यता अमेरिकाले हालसम्म २४ मा १८ खेलमा जित र ६ खेलमा हारसहित ३६ अंक ल्याएर शीर्ष स्थानमा रहेको छ भने स्कटल्याण्डले २६ खेलमध्ये १३ खेलमा जित, ६ खेलमा हार र ७ खेलमा अनिर्णितसहित ३२ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

यस्स्तै ओमानले २२ खेलमा १२ जित, ७ हार र ३ अनिर्णितसहित २७ अंकका साथ चौथो स्थानमा रहेको छ । युएईले २० खेलमा ५ जित र १५ खेलमा हारसहित १० अंकका साथ पुछारमा रहेको छ ।