काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अङ्कले बढेर दुई हजार ८५१ दशमलव २४ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ७३ प्रतिशतको वृद्धि हो ।


ADVERTISEMENT


आज ३३८ कम्पनीको दुई करोड ७९ लाख ३१ हजार ७७० कित्ता शेयर एक लाख आठ हजार ८६९ पटक खरिदबिक्री हुँदा नौ अर्ब ९१ करोड ९२ लाख १० हजार २११ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।


ADVERTISEMENT

# # #


आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । छवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।