काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार गत फागुन २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि प्रतिनिधिसभाको निर्वाचनपछि पहिलो पटक संघीय संसदलाई सम्बोधन गरेका हुन् ।
त्यसक्रममा राष्ट्रपति पौडेलले शान्तिपूर्ण तोकिएकै निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भइ ताजा जनादेशमार्फत नयाँ सरकार समेत गठन भइसकेकाले निर्वाचन सम्पन्न गर्न संलग्न सबैलाई धन्यवाद व्यक्त गरे ।
साथै उनले नयाँ सरकारले युवापुस्ताका आकांक्षा र चाहनालाई पूरा गर्न संसदले नागरिककेन्द्रित र जनकल्याकारी कानुन निर्माण गर्नुपर्ने र निर्माण भएका कानुनको मर्म र भावना अनुरुप प्रभावकारी र परिणाममुखी कार्यान्वयनको सुनिश्चिता सरकारले गर्ने कुरामा आफू विश्वस्त रहेको उनले बताए ।
यस्तै राष्ट्रपति पौडेलले न्यायालयले छिटो, छिरितो र निष्पक्ष न्याय सम्पादन गरेमा मात्रै परिवर्तनका लागि जीवन उत्सर्ग गरेका शहीदप्रति साँचो अर्थमा सम्मान हुने बताए ।
आजको युवाको चाहना विगतका भन्दा धेरै भएको बतउँदै उनले रोजगारीका नयाँ अवसरको सिर्जना गर्ने र बजारको माग अनुरुप जनशक्ति उत्पादन गर्न सक्षम हुने गरी शैक्षिक प्रणालीमा सुधार गर्दै विदेश पालयन भएको युवा वर्गलाई स्वदेश फर्किन प्रेरित गर्ने अवस्था सिर्जना गर्न सरकारले ध्यान दिने उनले बताए ।
‘निराश जनशक्तिबाट कुनै पनि मुलुकको उन्नति भएको पाइँदैन । हाल युवा तथा शिक्षित बेरोजगारमा देखिएको निराशालाई तोड्न सरकारले विशेष ध्यान केन्द्रित गर्नेछ ।’ उनले भने, ‘भ्रष्टाचारको अन्त्य गरी सुशासनको प्रत्याभूत गर्न तथा आम नागरिकमा राज्यको अनुभूति दिलाउन सार्वजनिक सेवा प्रवाह चुस्त दुरुस्त हुनुपर्छ ।’
सरकारी संयन्त्रको सेवा प्रवाहमा हुने ढिला सुस्ती र अनियमितता हटाएर नागरिकले घरदैलोमै सरकार छ भन्ने कुराको अनुभूति हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउन सरकारले कुनै कसर बाँकी नराख्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे । उनले वर्तमान संविधान कार्यान्वयनको बिगत १० वर्षको अभ्यास र अनुभव लागि महत्वपूर्ण भएको भन्दै संविधानको मर्म र भावना तथा जनताको चाहनाबमोजिम गर्नुपर्ने काम अझै धेरै बाँकी रहेको बताए ।
बैठकमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, मन्त्रिपरिषद्का सदस्य, दुवै सदनका सांसद उपस्थिति थिए । त्यसअघि राष्ट्रपति पौडेललाई सभामुख अर्याल र राष्ट्रियसभा अध्यक्ष दाहालले स्वागत गरेका थिए ।


























































