काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री शाहले बिहीबार सिंहदरबारमा संवाद तथा छलफल गरेका हुन् ।
बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेत नारायण आचार्य र कर्णालीका मुख्यमन्त्री यमलाल कँडेल सहभागी थिए ।
बैठकमा संघ र प्रदेशबीको सम्बन्ध, सहकार्य र साझा उद्देश्य लगायतका विषयमा छलफल भएको हो । प्रधानमन्त्री बनेपछि शाहले पहिलो पटक मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन् ।




























































