काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाका सांसद ओजस्वी शेरचन निर्वाचित भएकी छन् ।


ADVERTISEMENT


शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले सभापतिमा शेरचनलाई निर्वाचित गरेको हो । सभापति पदका लागि रास्वपाका शेरचन र एमालेका सांसद गुरु प्रसाद बरालको मनोनयन दर्ता भएको थियो । शेरचनलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने पहिलो प्रस्ताव बहुमतले स्वीकृत भएपछि समितिका ज्येष्ठ सदस्य महाविर पुनले निर्वाचित भएको घोषणा गरे ।


ADVERTISEMENT

# # #


समितिको समितिमा निर्वाचित भएपछि सभापति शेरचनले सवैको राय सुझाव दिएर समितिलाई अघि बढाउने बताइन् । समितिमा विषयविज्ञहरु नै सदस्यको रुपमा रहेकाले समितिलाई प्रभावकारी बनाउन थप सहज हुने उनको भनाइ छ ।

सभापति शेरचन समितिमा सत्तापक्ष र प्रतिपक्षी भन्दा पनि देश र जनताको पक्षमा जायज विषयलाई मिलेर अघि बढाउनुपर्नेमा जोड दिइन् ।