काठमाडौं–प्रदेश २ को सरकार गठबन्धनमा रहेका संघीइ समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपा बीच दुरी बढेको छ ।


ADVERTISEMENT


सरकारको नीति तथा कार्यक्रममा फोरमले समर्थन जनाएपछि यी दुई दलबीचको सम्बन्धमा चिसोपन आएको हो ।


ADVERTISEMENT

# # #


फोरमले सरकारको नीति तथा कार्यक्रममा सविधान संशोधन मुद्धा नपरेको भन्दै संशोधन हालेको थियो ।

प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालसँगको छलफलपछि फोरमले संशोधन फिर्ता लिएर नीति तथा कार्यक्रमलाई समर्थन गर्यो ।

संविधान संशोधनको एउटै मुद्धामा फोरम र राजपाले अलग अलग संशोधन हालेका थिए । – आजको कान्तिपुरबाट